१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

बागमतीका सभामुखले खुलासा गरे दबाबको नालीबेली, को हो दबाब दिने?



बागमती प्रदेशका सभामुख भुवन पाठकले बागमती प्रदेश सरकारको विश्वासको मत लिने बैठकमा आफूलाई सहभागी नहुन दबाब आएको खुलासा गरेका छ्न् ।

चितवनको सौरहामा भएको संचारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख पाठकले सो कुरा बताएका हुन्। शालिकराम जम्कट्टेल सरकारको विश्वासको मत लिने दिनको बैठकको लागि यस्तो दबाब आएको भन्दै दबाब दिने शक्ति धेरै थरी रहेको समेत बताए ।

गत फागुन २३ गते नेपाली काङ्ग्रेसले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले चैत्र १९ मा विश्वासको मत लिने कार्यक्रम तय भएको हो । तर उनले आफू कुनै दबाबको अगाडि नझुक्ने बताए ।

सभामुख स्वतन्त्र हुनुपर्ने र आफू अम्पायरको भूमिकामा मात्र रहेको उनले स्पष्ट पारे । उनले भने,‘ मलाई सभामुख बनाउने पार्टिबाट दवाव आएपनि म त्यो मान्दिन, म खेलाडी हैन रेफ्री हु, म निष्पक्ष ढंगबाट बैठक अगाडि बढाउँछु । ’

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १२ : ४४ बजे