३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

जसपाको ध्यान सदस्यता वितरण र नवीकरणतर्फ, सुरू भयो छलफल



जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय संघठन विभागको बैठक बसिरहेको छ। सङ्गठित पार्टी सदस्यता वितरण र नवीकरणको अवस्थाबारे छलफल गर्न विभागको बैठक बसेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

पार्टी कार्यालय बालकुमारीमा जारी बैठकमा पार्टीको संगठनको बिषयमा छलफल हुने उनको भनाइ छ।

जसपाले सङ्गठित पार्टी सदस्यता वितरण वा नवीकरणको लागि चैत्र १० सम्मको समयसीमा तोकिएको थियो।

२०८० मंसिर ३० गतेसम्म पार्टी सदस्यता प्राप्त गरिसकेका वा पार्टी सङ्गठनमा आवद्ध रहेका पार्टी सदस्यलाई मात्र सङ्गठित पार्टी सदस्यता दिन सकिने व्यवस्था गरेको छ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १ : ०४ बजे