काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नँया रेकड राखेको छ । मंंगलबार सामान्य घटेको सुनको मुल्य बुधबार तोलामा १८ सय रुपैयाँ बढेर सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको हो ।
आज छापावाल सुन तोलामा एक लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलामा एक लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी तोलामा एक हजार ६१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





