१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

ग्लोबल आइएमई बैंक र जी आई जेड बिच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्झौता



काठमाडौँ । ग्लोबल आइएमई बैंक र जी आई जेड बिच विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
बैंकले जर्मन सरकारको स्वामित्वमा रहेको जी आई जेडसगँ सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको हो । जी आई जेडले नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा मिटिगेशन एक्सन फ्यासिलिटीको लगानीमा “दीर्घकालिन विद्युतीय यातायातका लागि नेपाल” परियोजना सञ्चालन गरिरहेको छ।
उक्त परियोजनाले सार्वजनिक यातायातमा विद्युतीय साधनको विस्तार हुनुका साथै देशभित्र उत्पादित विद्युतको उपभोगमा बृद्धि भई स्वच्छ वातावरण निर्माणमा सहयोग पु¥याउने लक्ष राखेको छ ।
साथै, सार्वजनिक यातायात सेवामा विद्युतीय सवारी साधनहरुको संख्या वृद्धि भई सर्वसाधारणको पहुँच बिस्तार हुने र पेट्रोलियम पदार्थको खपतमा कमी आउनुका साथै सवारी साधनबाट हुने वातावरणीय प्रदुषणमा समेत कमी आउने विश्वास बैंकले लिएको छ ।
ग्लोबल आइएमई बैंकले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न व्यक्तिगत प्रयोजनका सवारी साधनलाई पनि न्यूनतम् व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ५० बजे