काठमाडौं । आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । साताको पहिलो कारोबार दिन आज नेप्से २२.७५ अंकले बढेर २०२६.८१ को विन्दुमा पुगेको हो ।
आज ३११ धितोपत्रका एक करोड १२ लाख १० हजार १०२ कित्ता सेयर चार अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँमा कारोबार भयो ।
नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स, जानकी फाइनान्स कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । तारागाउँ रिजेन्सी होटेल लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।