२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

गण्डकीका मुख्यमन्त्री अधिकारी र दुई मन्त्रीको शपथ



गण्डकी । गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी, बिनाविभागीय मन्त्रीद्वय हरिबहादुर चुमान र राजीव गुरूङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार प्रदेश प्रमुखको निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ खुवाएका हुन् । बिनाविभागीय मन्त्रीका रुपमा नियुक्त चुमान नेकपा ९माओवादी केन्द्र०का प्रदेशसभा सदस्य हुन् भने गुरूङ स्वतन्त्र रूपमा निर्वाचित सदस्य हुन् ।

प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा (एमाले) संसदीय दलका नेता पाण्डेलाई आइतबार नै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

एमालेका २२, माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ५ : २३ बजे