१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

बालुवाटारको छलफलले प्रतिनिधि सभाको बैठकबारे अलमल !



काठमाडौं । ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अझै बस्न सकेको छैन । सभामुखसहित सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक लम्बिदा संसद बैठकमा ढिलाइ भएको हो ।
प्रतिनिधि सभाको बैठक सञ्चालनका विषयमा नेताहरूबीच छलफल चलिरहेको छ । नेपाली कांग्रेस गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गरिरहेको छ । सत्तारुढ दलहरू भने उक्त कुरामा सहमत छैनन् ।

छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने कांग्रेसले अडान लिएको छ । दलहरूबीच कुरा नमिल्दा प्रतिनिधि सभाको बैठक सुरू हुन सकेको छैन ।

बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री रवि लामिछाने, कांगेस महामन्त्री गगन थापा, कृष्ण सिटौला र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् । कांग्रेसले गृहमन्त्री रबि लामिछानेको सहकारी ठगी संम्लगताको बारेमा संसदीय समिमि बन्ने पर्ने बटमलाइन लिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १२ : ५१ बजे