काठमाडौँ । यस वर्षको अन्तिम दिन सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । शुक्रबार सुनको मूल्यमा एकैदिन प्रतितोला २४ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ । यो साता लगातार उकालो लागेको सुनको मुल्य बिहिबार भने सामान्य घटेको थियो ।
त्यसै गरी आज तेजावी सुनको मूल्य पनि २४ सय सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको छ। चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।





