८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्न लागेको हो ।

एमालेले आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल गर्नुका साथै सांसदका काम कारबाहीको समीक्षा गर्ने जनाएको छ ।

यस्तै संसदीय समितिहरुमा कसरी प्रस्तुत हुने तथा समितिमा रहेका विचाराधीन विधेयकहरूको सन्दर्भमा समेत एमाले संसदीय दलले छलफल गर्दै छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ११ : ३३ बजे