धनगढी । आइतबार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने नेपाली कांग्रेसले औपचारिक निर्णय गरेको छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरी समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।
सोमबार बिहान बसेको सुदूरपश्चिेम प्रदेशका संसदीय दलको बैठकले नाउपाका मुख्यमन्त्रीका उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई समर्थन गर्ने निर्णय गरेको हो ।
कांग्रेस–नेकपा एकीकृत समाजवादीको समर्थनमा लक्ष्मणकिशोरले आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।





