८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सुदूरपश्चिम लक्षित ओली टिपणी, ए समाजवादीले अराजनीतिक निर्णय गर्‍यो



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा एकीकृत समाजवादी माथि आक्रोसित देखिएका छन् । आज संसदीय दलको बैठकमा बोल्दै सुदुरपश्चिम सरकार बनाउने कार्यमा एसमाजवादीले अराजनीतिक निर्णय गरेको आरोप लगाएको छन् ।

“एकीकृत समाजवादी नामको पार्टीले अराजनीतिक निर्णय लियो,” ओलीले भने, “सही दिशामा राजनीति फर्कंदै थियो ।”

दक्षिणपन्थी अवसरवादी चरित्र देखाएर निराशा थप्ने काम गरिएको उनले आरोप लगाए । एकीकृत समाजवादीको आन्तरिक रूपमा बोली, व्यवहार ‘बार्गेनिङ’ गर्ने खालको रहेको उनको भनाइ छ ।

“दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रकट भयो । कम्युनिस्ट साइन बोर्ड राख्ने, नेकपा ब्याकेटमा राख्ने र समाजवादको पक्षधरमा राख्ने काम सडकम देखियो,” ओलीले भने, “यसले केही फरक पार्नेवाला छैन ।”उनले एकीकृत समाजबादीको यस्तो निर्णयले केही फरक नपर्ने दाबी समेत गरेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : ४४ बजे