१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

लगातार बढेको सुनको मूल्य आज भने स्थिर,आज तोलाको कति ?



काठमाडौँ । स्थानीय बजार लगातार बढेको सुनको मूल्य आज भने स्थिर देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजाारमर दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन पनि सुन यही मूल्यमा कारोबार भएको थियो। यो हालसम्मकै उच्च मूल्य हो।

आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २३ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य भने घटेको छ।

महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ११ : ०६ बजे