काठमाडौं । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजित वैवाहिक समारोहमा उनी प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी हुन् ।
यस्तै, विवाहमा आफन्त तथा कलाकारहरू रचना रिमाल, मेलिना मैनाली, स्मारिका ढकाल, समारिका ढकाल लगायतको उपस्थित रहेको छ । यस अघि प्रमी सापकोटासँग प्रेम सम्बन्ध बिग्रीएको हल्ला चलेको थियो । हल्काकै बीच उनीहरु बैवाहिक बन्धनमा बाधिएका हुन् ।





