५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान



बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन्। जिल्ला अदालत रुपन्देहीले शुक्रबार पुनलाई चार लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो ।

सहकारी ठगी प्रकरणमा अध्यक्ष ओमप्रकाश गुरुङ लगायतका ६ जना सहित पक्राउ परेका पुनलाई जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले धरौटीमा छोड्ने आदेश दिएको थियो । पुनसहित धरौटीमा छोड्न आदेश दिएका नविन अछामी पनि धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन्। अछामीसँग १० लाख धरौटी माग गरिएको थियो।

जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्तराज मरासिनीले पुन र अछामीले धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको जानकारी दिए। धरौटी जम्मा गरेपछि भने उनीहरु रिहा हुने छन् । धरौटीमा छोड्न आदेश गरिएका दुर्गा चापागाईं पाण्डेय, नीता थापामगर, दीपक गुरुङ र रोशनी गुरुङ भने धरौटी रकम बुझाएर छुटेका छन् ।

दुर्गा चापागाई पाण्डेयसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगर र रोशनी गुरुङसँग २र२ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । बचतकर्ताहरुको ९६ करोड बढि रकम ठगि प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई भने थुनामा पठाउने आदेश भएको थियो।

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  १२ : १६ बजे