१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

सुन तोलामा ११ सयले घट्यो, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको सामान्य गिरावट आएको छ । आज तोलामा ११ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको हो ।

आइतबार र शुक्रबार सुन प्रतितोला १ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो, जुन मूल्य हालसम्मकै उच्च हो ।

चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७०५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ११ : ३७ बजे