२७ पुस २०८१, शनिबार | Sun Jan 12 2025

कतारका राजा थानी नेपाल आउँदै, सरकारले दियो सार्वजनिक बिदा



काठमाडौं । मंगलबार सरकारले कतारका राजा नेपाल भ्रमणमा आउने दिनको अवसरमा सार्वजनिक बिदा दिएको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

कतारका अमिर (राजा)शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।

विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो । सरकारको उक्त निर्णयलाई लिएर सामाजिक संजालमा नेपालमा राजा फर्किने संकेत भन्दै ब्यगांत्मक टिपणी गरेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ८ : ११ बजे