काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएको आर्थिक विकासको लक्ष्य प्राप्तिका लागि लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका छन् ।
बिहीबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०को आयोजनामा काठमाडौंमा सुरू भएको चौथो संस्करणको हिमालय हाइड्रो एक्स्पोको औपचारिक उद्घाटन गर्दै उनले ऊर्जाको उत्पादन र निर्यात बढ्दो रहनु देशका लागि खुसीको विषय भएको बताए ।
नेपाल सरकार र निजी क्षेत्रको सहकार्य, समन्वय र साझेदारीकै कारण नेपाललाई यो सफलता प्राप्त भएको राष्ट्रपति पौडेलको भनाइ छ ।
उनले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि निरन्तर क्रियाशील रहनुपर्ने बताए । उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिनाझन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताए ।
राष्ट्रपति पौडेलले संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको उल्लेख गर्दै सरकारले ऐन, कानुन, नीति निर्माणमा सहजीकरण गर्नुपर्ने बताए । “स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिनाझन्झट उत्साहका साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व हो । यसले निजी क्षेत्रको उत्साह वृद्धि भई मुलुकको समग्र अर्थतन्त्रमा योगदान पुग्नेछ । संघीयतापछि मुलुकले उन्नति र समृद्धि खोजेको छ । सरकारले ऐन, कानून, नीति निर्माणमा सहजीकरण गर्नुपर्छ,” राष्ट्रपति पौडेलले भने ।