काठमाडौँ । शुक्रबारबाट सुरु हुने कक्षा १२ को परीक्षाको सबै तयारी पुरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएका छन्।
यसवर्ष चार लाख ९१ हजार ४९७ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएको उनको भनाइ छ ।
सबैभन्दा बढी परीक्षाकेन्द्र काठमाडौंमा छन्। जहाँ १४४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ्रमुस्ताङ्मा एक–एक परीक्षा केन्द्र रहेको छ ।