काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासघंका जनाएको छ ।
शुक्रबार छापावाल सुन तोलामा एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार तेजाबी सुन तोलामा एक लाख ३६ हजार ५५० रुपैयाँ कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर चाँदी तोलामा एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।