८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

डढेलोले कयौँको ज्यान जाँदा पनि सरकार किन यति असंवेदनशील ?



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा। शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको भन्दै यो विषयमा सरकार संवेदनशील हुनु आवश्यक रहेको बताएका छन् । उनले आज सामाजिक संजालमा डढेलो र त्यहीकारण गाउँमा आगलागी भएर अर्बौँ रुपैयाँ क्षति भइरहेका बेला नेता कोइरालाले रोकथाम र न्यूनीकरणका लागि सरकार चुकिरहेको बताए ।

‘यसवर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयौँ नेपालीको ज्यान गयो । अर्बौंको सम्पत्तिको नाश भइसक्यो । कतै निभ्यो, कतै सल्किरहेको छ,’ उनले भनेका छन्, ‘वर्षेनि डढेलोका कारण हुने नोक्सानी बढ्दै छ, रोकथाम र न्यूनीकरणमा हामी कहाँ चुक्यौँ रु नीतिमा कि व्यवहारमा रु सरकार किन यति असंवेदनशील रु’

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ३ : २८ बजे