८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

राष्ट्रियसभा सदस्यको शपथ लिइन् डा. अन्जना शाक्यले



काठमाडौं । राष्ट्रियसभा सदस्य डा। अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । आइतबार सिंहदरबारमा आयोजित एक समारोहमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट पूर्वराजदुत समेत रहेकी शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

शपथ लिएपछि सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले राष्ट्रियसभाको गरिमा उचाइमा पुर्‍याउन पनि आफूले सक्दो पहल गर्ने बताइन् ।शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रियसभाको सदस्य पदमा मनोनीत गरेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : ५४ बजे