७ कार्तिक २०८३, शुक्रबार | Sat Oct 24 2026

एमालेका उमेद्वार सुहाङले मतअन्तर बढाए,अग्रता कायमै



काठमाडौं । इलाममा जारी मतगणनामा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । सुहाङले नेपाली कांग्रेसका उमेदवार डम्मर खड्कालाई पछि पार्दै अग्रता कायमै राखेका छन् ।
उनले अहिलेसम्म १०,००३ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा कांग्रेसका खड्काले ६९४४ मत ल्याएका छन् ।

त्यसैगरी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ५५९१ मत प्राप्त गरेका छन् । रास्वपाका उमेदवार मिलन लिम्बु चौथो स्थानमा देखिएको छ । लिम्बुल् अहिलेसम्म १४४३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १० : १४ बजे