२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

चारवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं । शुक्रबार चारवटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद्अन्तर्गत आज महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।
बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ । बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रमरज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्वन्धमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विपद् व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजनाबारे छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा आगामी बजेट २०८१ तथा ०८२ का सम्बन्धमा पूर्वबजेट छलफल र विविध विषय रहेको छ ।

दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १० : १८ बजे