काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ । नेपालले दिएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गरेको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए । एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् ।
३० बैशाख २०८१, आइतबार
42
Shares





