७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

टर्की पठाउने भनी चार करोड ३४ लाख ठगी गर्ने पक्राउ



काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनी चार करोड रुपियाँभन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलब हुने प्रलोभन देखाइ १२४ जनाबाट चार करोड ३४ लाख उठाइ फरार रहेका विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्नुहुँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० सानुराम भट्टराईले श्रेष्ठलाई काठमाडौं–७ चाबहिलबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए । ४२ वर्षीय श्रेष्ठ कास्की पोखरा महानगरपालिका ५ का रहेको बताए ।

त्यस्तै अमेरिका र क्यानडा लैजाने भनि मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको प्रमुख भट्टराईले बताए । उनले पक्राउ पर्नेमा जिल्ला ओखलढुङ्गा, खिजिदेम्बा गा।पा। २ का वर्ष ४८ का जगतबहादुर तामाङ, जिल्ला तनहुँ ऋषिङ् गा.पा. २ का वर्ष ४६ का विष्णुबहादुर बराली र वर्ष ४८ का तनहुँ ऋषिङ् गा।पा। २ का जंगबहादुर वि.क. ९बराल० लाई पक्राउ गरी सार्वजनिक गरेको बताए ।

उनीहरुले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगाण्डा लगेर राहदानी तथा डल खोसी नौ महिनासम्म अलपत्र पारी राखेको बताए । केन्या र युगाण्डामा समेत एजेण्ट राख्ने गरेको, अमेरिका पुर्‍याउन ब्राजिल, कोलोम्बिया, मेक्सिको मध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको, पक्राउ परेका तीन जना भरतको दिल्ली पहाडगंजस्थित होटलमा बसी सङ्गठित रुपमा मानव तस्करीमा संलग्न रहेको बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : ०० बजे