७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

पश्चिम नवलपरासीमा प्रदेश सरकारका दुई कार्यालय थपिँदै



नवलपरासी । पश्चिम नवलपरासीमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतका थप दुई वटा कार्यालय स्थापना हुने भएका छन्। सहरी विकास तथा खानेपानी मन्त्रालय र उद्योग पर्यटन तथा सहकारी मन्त्रालयले यहाँ डिभिजन कार्यालय स्थापना गर्न लागेका हुन् ।

लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा सहकारी मन्त्री एवं पश्चिम नवलपरासी क्षेत्र नम्बर २ ९१० बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेशसभा सदस्य खड्ग बस्नेतले ती कार्यालय स्थापनाको प्रक्रिया प्रारम्भ भएको बताए। चालु आर्थिक वर्षको अन्त्य सम्ममा दुवै कार्यालय स्थापना गर्नेगरी काम अघि बढाइएको उनले जानकारी दिए ।

प्रदेशको समग्र विकासका साथै जनतालाई राज्यबाट सहज रूपमा सेवा प्रवाह गर्न ती कार्यालय आवश्यक भएकाले प्रदेश सरकारले त्यसलाई उच्च प्राथमिकतामा राखेको मन्त्री बस्नेतले बताए

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ११ : २८ बजे