२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध तरुण दलको र्‍याली



काठमाडौं । नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध र्‍याली निकालेको छ । नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले सहकारीको रकम अपचलनको आरोप खेपेका गृहमन्त्री लामिछानेविरुद्ध तरुण दलले सहकारीपीडितको पक्षमा भन्दै र्‍याली निकालेको हो ।

नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगीविरुद्ध माइतीघरदेखि नयाँबानेश्वरसम्म र्‍याली निकालेको छ । र्‍यालीमा सहभागीहरूले गृहमन्त्री लामिछानेविरुद्ध नाराबाजी गरेका थिए । नेपाली कांग्रेसले सहकारी अपचलनमा गृहमन्त्रीको संम्लग्नता रहेको भन्दै छानबिनको लागि संसदीय समितिको माग रगर्दै लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  २ : ३९ बजे