१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

गृहमन्त्री रवि बचाउमा ओली, कांग्रेसमाथि खनिए



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अशिष्ट भएको आरोप लगाएका छन् । आज एमालेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले संसदमा नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले अगाडी बढ्न खोजेको आरोप लगाए । उनले भने, ” एउटा पार्टीको संकीर्ण स्वार्थ, गुट स्वार्थ, सत्ता स्वार्थका लागि संसद् बन्धक बनाएर राख्ने र स्वेच्छाचारी ढंगले आफ्नो इच्छाअनुसार मात्र संसद् चल्नेरु सभामुखले फलानालाई बोल्न दिन्छु भन्दा बोल्न नपाइनेरु यति अशिष्ट ढंगले१,’ उनले भने, ‘सभामुखले मैले तपाईंलाई समय दिएँ भन्दा तपाईंको निगाहको समय चाहिँदैन भने उद्दण्डता प्रस्तुत गर्ने ? “अध्यक्ष ओलीले कांग्रेस एकदलीय, एकाधिकारवादी, तानाशाही चलाउन खोज्छ किरु बहुदलीय चलाउन खोज्छरु भन्दै प्रश्न पनि गरे।


उनले एमालेसँग जोडिएको गिरीबन्धु टि स्टेटको सर्बोच्चको फैसलामा समेत प्रश्न उठाएको छन् । अदालतको आदेशअनुसार कानुन बनाउँदा कसरी अपरिपक्व भयो भनेर टिप्पणी गरेका छन्। त्यस्तै उनले बैठकमा गृहमन्त्री रबि लामिछानेको बचाउनमा समय खर्चेका थिए । सहकारी प्रकरणमा आरोप लगाइएका गृहममन्त्री रवि लामिछानेलाई बोल्न दिनुपर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ४ : १३ बजे