४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

जिल्लाको फैसला उच्च अदालतले उल्टायो, सन्दीपले पाए बलात्कार मुद्दामा सफाइ



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले बुधबार लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको हो।

यसअघि जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई पुस २५ गते आठ वर्ष कैदसहित तीन लाख जरिवाना र पीडितलाई दुई लाख रुपियाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश दिएको थियो ।

सन्दीप सोही आदेशविरुद्ध उच्च अदालत जानुभएको थियो । जिल्ला अदालतको फैसला उच्च अदालतले उल्ट्याएको हो । पाटन उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो । यससँगै सन्दीपले आइसिसी टी–२० विश्वकप खेल्ने ढोका खुलेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ५ : ४६ बजे