धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावको पक्षमा २८ र विपक्षमा शून्य मत विभाजन भएकाले मुख्यमन्त्रीले प्रदेश सभाबाट बहुमत प्राप्त गरेका हुन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्तिका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ । मतदानमा २८ जना प्रदेश सभा सदस्यले सहभागिता जनाएका थिए ।
नेकपा ९एकीकृत समाजवादी० पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टीका दुई जना प्रदेश सभा सदस्य र एक स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।