काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले समग्र सहकारीको समस्या समाधान गर्नको लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।
मंगलबार र बुधबार बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी प्रकरणमा गृहमन्त्री समेत जोडिएको बिषयमा सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारणको बचत रकम अपचलन गरेर ठुलो धनराशि दुरुपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेका दुःखद घटनाहरू सार्वजनिक भइरहेका छन्। यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नता भएको समाचार प्रकाशित भएको छ। यो बैठक समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गरियोस् भनी माग गर्दछ।’
अध्यक्ष माधव नेपालले सरकारको विकल्पबारे आफूहरूले नसोचेको बताएका छन्।
अध्यक्ष नेपालले पत्रकार सम्मेलनमा बोल्दै सरकारमा भएकाले सरकारको भलोकै पक्षमा रहेको बताए ।





