४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

विश्वासको मत लिनु अघि प्रतिपक्षीसँग सहमतिमा पुग्न सत्तारुढ दललाई सभामुखको आग्रह



काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेल प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सदन अवरोध खुलाउने गरी प्रतिपक्षीसँग सहमतिमा पुग्न सत्तारुढ दलका नेताहरुलाई आग्रह गरेका छन् ।

सदनको गतिरोध अन्त्य गर्ने सम्बन्धमा सभामुखघिमिरे आज सत्ता रुढ दलका शीर्ष नेताहरु छलफलमा गरेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र रास्वपा सभापति रवि लामिछाने सहितका सत्तारुढ दलका नेताहरुसँगको बैठकमा सभामुखले सदन अवरोध हटाउन अधिकतम् पहल लिन सत्ता पक्षका शीर्ष नेताहरुलाई आग्रह गरे ।
”बैठकमा सभामुखले सदन अवरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलसँग सहमतिमा पुग्न सत्ता पक्षका शीर्ष नेताहरुलाई आग्रह गरे । प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सदनको अवरोध खुलाउनुपर्नेमा उनको जोड छ । प्रधानमन्त्रीले विश्वासको मत लिने समयमा सदन अवरोध जारी रहेमा त्यसले राम्रो सन्देश नदिने भन्दै प्रतिपक्षीदलसँग छिटै सहमतिमा पुग्न र स नेताहरुलाई आग्रह थियो ।

जवाफमा सत्तापक्षका नेताहरुले सदनको अवरोध खुलाउन सहमतिका लागि प्रतिपक्षी दलसँग अधिकतम् पहल गर्ने भन्दै आजै वार्तामा बसेर निश्कर्षमा पुग्ने जवाफ दिए । जेठ ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिदै छन् ।
सभामुखसँगको छलफल सकिएसँगै अहिले सत्तारुढ र प्रतिपक्षी दल बीचको छलफल बालुवाटारमा सुरु भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी मुद्दामा छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दैआएको छ ।

सत्तारुढ दलहरुले भने समग्र सहकारीको समस्याका बारेमा समिति गठन गर्नुपर्ने धारणा राख्दै आएको छ ।।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ७ : १८ बजे