४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

रोष्ट्रममा गृहमन्त्रीका ३८ मिनेट – कांग्रेसमाथि प्रश्नै प्रश्न, भने – मैले कुनै गल्ती गरेको छैन



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू र आफ्नो पार्टी कायर नभएको भन्दै चेतावनी दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले मिडिया ‘ट्रायल’ले आफू कमजोर नहुने पनि बताए ।

“मिडियाको हेडलाइनले अपराध गर्ने मान्छे डराउँछ होला, रास्वपा कायरहरूको पार्टी होइन, रवि लामिछाने कायर हैन,” उनले भने ।

आफूहरू सत्यको बाटोमा हिँडेको भन्दै उनले झुटा मुद्दा र उजुरीसँग नडराउने बताए । “हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैन । खेल्न र हार्न केही छैन । झुटा मुद्दा र उजुरीसँग, उनले भने । संसदको रोष्टममा ३८ मिनेट बोलेका गृहमन्त्री लामिछाने प्रतिपक्षी नेपाली कांग्रेसमाथि प्रश्नै प्रश्न गरेका छन् । उनले मिडियामा आएका डेडलाइन आधारमा आफुलाई दोषी बनाइएको भन्दै नेपाली कांग्रेसमाथि रोष पाखेका थिए । त्यस्तै उनले नेपाली कांग्रेसका सभापतिले आफुलाई प्रधानमन्त्रीको अफर गरेको भन्दै त्यसको डेट सकियो कि बाँकी छ भन्दै प्रश्न गरेका छन् । उनले भने ‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिं कुन नैतिकताले मिल्ने रहेछ रु’ उनले भने, ‘मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका लामिछानेले अगाडि भने, ‘यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिले दिनुभयो भने मेरो लागि कल्याण हुनेछ ।’
संसदमा आफुमाथि लागेका आरोपको खण्डन गरेका गृहमन्त्री रवि लामिछाने आफु सहकारी अपचलनमा कहि कतै पनि संम्लग्न नभएको बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ७ : ३५ बजे