२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, समसामयिक विषयमा छलफल



काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो । बैठकमा पार्टी केन्द्रीय महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभागले जनाएको छ ।

एकीकृत समाजवादीको महाधिवेशन असार १६–२० मा काठमाडौंमा गर्ने तय गरिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  १ : ५३ बजे