४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

टीओआर टुंग्याउन कार्यदलको बैठक सिंहदरबारमा जारी



काठमाडौं । सहकारीको प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश ९टीओआर० टुंग्याउनका लागि बसेको कार्यदलको बैठक जारी छ ।
कानुनमन्त्री पदम गिरी संयोजकत्वको कार्यदलको बैठक बसिरहेको कानुनमन्त्री गिरीका प्रेस सल्लाहकार श्रीधर पौडेलले जानकारी दिए ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा कार्यदलका संयोजकत्वको कानुनमन्त्री गिरी, सदस्यहरु कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार, एमालेका महेश बर्तौला र रास्वपाका शिशिर खनाल सहभागी छन् ।

यसअघि बिहीबार साझ बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान नछाडेपछि सहमति जुट्न सकेको थिएन । संसदीय समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो माग राखेकोे छ भने सत्तारूढ दलहरूले गृहमन्त्रीको नाम नभएर उनी जोडिएको भनिएका सहकारीको नामसम्म लेख्न सकिने बताइरहेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १० : ५३ बजे