२७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026

प्रधानमन्त्रीसहित शीर्ष दलका नेताको बैठक बिना निश्कर्ष सकियो



काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बिना निश्कर्ष सकिएको छ ।

सदनको गतिरोध हटाउने विषयसँग सम्बन्धित सहकारी ठगी प्रकरणमा गठन हुने संसदीय छानविन समितिको टीओआरमा सहमति खोज्न बसेको बैठक कुनै ठोस नपुगी सकिएको हो ।

बैठकमा काँग्रेस नेताहरुले संसदमा गृहमन्त्रीले दिएको अभिव्यक्ति, संचार उद्यमी कैलाश सिरोहिया पक्राउ लगायतका विषयमा सत्तापक्षको धारणा माग गरेका थिए ।

बैठकमा कुनै सहमति जुटन नसेकपनि बैठक सकारात्म रहेको बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले बताए । उनले सहकारीका बारेमा समिति गठन गर्ने कुरामा सबै सहमत भए पनि मूलभूत विषय कसरी उठान गर्ने भन्ने विषयमा कुराकानी भइरहेको बताए ।
“व्यक्तिको नाम र सहकारीको नाम राख्ने कि नराख्ने भन्दा पनि मूलभूत विषय नछुटाउने भन्ने हो,” उनले भने, “कतिपय सहकारीबाट रकम अपचलन र ठगी भएको छ । कतिपय पैसा निजी कम्पनीमा गएको छ । स्वर्णलक्ष्मी, सुप्रिमबाट गोर्खा मिडियामा पैसा गएको छ । त्यो सबै छानबिन हुनुपर्छ । यहाँ व्यक्तिकोमात्रै होइन सहकारीबाट पैसा कहाँ गयो रु गृहमन्त्रीको संलग्नता देखिएको छ । त्यो विषय सम्बोधन हुनुपर्छ । भाषा मिलाउन सकिन्छ ।”

बैठकबाट प्रतिपक्षी दलका नेताहरु पक्षका नेताहरु बाहिरिएपछि सत्ता रुढ दलहरु बीच छलफल भएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ७ : २२ बजे