३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

निलम्बित न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर



काठमाडौँ – जिल्ला अदालत काठमाडौँले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले जिल्ला न्यायाधीश गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार जिल्ला न्यायाधीश गिरी बलात्कारको मुद्दामा दोषी ठहर भएको र सजाय निर्धारणका लागि यही जेठ २८ गते पेसी तोक्न आदेश भएको छ ।

जिल्ला अदालत कपिलवस्तुमा जिल्ला न्यायाधीशका रूपमा काम गरिरहँदा प्रहरीमा जाहेरी परेपछि न्यायाधीश गिरीलाई निलम्बित गरी थुनामा राखिएको छ ।

उनीविरूद्ध वैवाहित बलात्कारको जाहेरी दिएकी थिइन्। उक्त मुद्दाका साथै सम्बन्ध बिच्छेदको मुद्दा विचाराधीन रहेको अवस्थामा कोठामा आएर गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ११ : ३३ बजे