११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

गणतन्त्र दिवसमा ट्राफिक महिलालाई उपहार : रजस्वला हुँदा चार दिन बिदा पाइने



काठमाडौं । महिलालाई ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिइने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सानो प्रयास भन्दै महिला ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिने जानकारी दिएका हुन् ।

गणतन्त्र दिवसको अवसर पारेर उनले रजस्वलाको समयमा महिला ट्राफिकलाई बिदा दिँदा उनीहरूको सट्टा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने गृहमन्त्री लामिछानेले जानकारी दिए । उनले फेसबुकमा लेखेका छन,

“गणत्रन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिनणन सडकमा डिउटी गर्नुपर्दैन, मापसेलगायत ट्राफिकनले नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ,” । उनको निर्णयलाई केहीले सकारात्मक या प्रतिक्रिया दिएका छन् भने अधिकासं सहकारी ठगी फरार रहेका जिबी राई पक्राउ कहिले पर्छन् भनी प्रश्न गरेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  १२ : २७ बजे