१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

हल्लाको बीच प्रचण्डको दाबी : एकीकृत समाजवादी सत्तासमिकरणकै कित्तामा छ



मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)वर्तमान सत्तासमिकरणमै रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गदैँ प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आज बिहान कुराकानी भएको र उनी वर्तमान सत्तासमिकरणकै पक्षमा रहेको स्पष्ट पारे ।

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले सरकारले यही जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८१र८२ को बजेटमा विराटनगरमा चक्रपथ निर्माण, चिकित्साशास्त्र कलेज सञ्चालनलगायत कार्यक्रमसहित कोशी प्रदेशको मागलाई सम्बोधन गरिएको बताए। बजेटमा उत्पादन, उपादकत्व र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

त्यस्तै दाहालले मधेश प्रदेशमा वर्तमान समिकरणभन्दा बाहिर गएर सरकार निर्माण नहुने धारणा राख्नुभयो । “वर्तमान समिकरण अनुसारनै मधेश प्रदेशमा सरकार निर्माण हुन्छ”उनले भने

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  १ : ५५ बजे