१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं । शुक्रबार स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ ।आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ११ : ३४ बजे