२८ पुस २०८१, आइतबार | Mon Jan 13 2025

नागरिकका गुनासा सुन्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन



काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँका तीन प्रहरी वृत्त ९बौद्ध, गौशाला र महाराजगञ्ज० को अनुगमन गरेका छन् ।

गएराति अनुगमनका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कार्यालयको कार्य प्रणाली, जनशक्ति, कागजपत्रको व्यवस्थापन, प्रविधिको प्रयोग र समस्याबारे वृत्त प्रमुखसँग जानकारी लिएका हुन् ।

उजुरी(जाहेरीका प्रकृति र दैनिक आउने सङ्ख्या, अनुसन्धानका कठिनाइ, वृत्तमार्फत जाने मुद्दा तथा थुनुवा कक्षको क्षमता र हाल रहेको सङ्ख्याबारे पनि सो अवसरमा जानकारी ल््िएका थिए ।

गृहमन्त्री लामिछानेले नागरिकका गुनासा तत्काल सुन्न, पीडितमैत्री व्यवहार गर्न र जिम्मेवारी निर्वाहमा गम्भीर हुन तीनवटै वृत्तका प्रमुखलाई निर्देशन दिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  १ : ३९ बजे