काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर रु तीन तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर रु एक घटाएको छ ।
निगमद्वारा जारी प्रेस विज्ञप्तिमा गएरातिदेखि लागू हुने गरी उक्त मूल्य घटाएको जनाएको छ । घटेपछिको मूल्यमा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६८ र डिजेल तथा मट्टीतेल प्रतिलिटर रु एक सय ५३ रहेको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर रु एक सय ५२ रहेको छ ।