१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

मोदीको शपथमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन् । भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन उनी आइतबार भारतको दिल्ली प्रस्थान गरेका हुन् ।प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, परराष्ट्रका शिष्टाचार महापाल विष्णुप्रसाद गौतम, परराष्ट्रको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना पनि दिल्ली गएका छन् ।

प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा सहभागी भई सोमबार साँझ ६ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  २ : १२ बजे