३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

विदेशी नागरिकता लिने सरकारी कर्मचारीलाई कारबाही गर्नुपर्छ : रघुजी पन्त



काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल सरकारको जागिर खाँदाखाँदै विदेशी नागरिकता लिन रहर गर्ने विशिष्ट श्रेणीका कर्मचारीलाई कारबाही गरिनुपर्ने बताएका छन्। बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोलेका सांसद पन्तको

यसबारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कारबाही अघि बढाउन खोजे पनि प्रधानमन्त्री कार्यालयमा पत्र अड्किएको भनाइ छ।

‘नेपाल सरकारको नुन खाँदाखाँदै विदेशीको नागरिकता लिन पनि रहर लाग्ने महानुभाव को रहेछन् त्यो हामीले चिन्न पाउनुपर्‍यो,’ भने, ‘त्यो अख्तियारको कारबाहीमा प्रशासनले छिटो कारबाही गरेर संसदलाई जानकारी दिइयोस्।’

पिआर भएका कर्मचारीको दोहोरो नागरिकता छ कि छैन भनेर अख्तियारले लेखेको चिठी प्रधानमन्त्री कार्यालयमा रोकिएको उनको भनाइ छ।

‘त्यो चिठी बल्लबल्ल फेला परेको छ रे, कारबाहीका लागि लेखिएको छ रे,’ उनले भने। त्यस्तै सांसद भीमप्रसाद आचार्यले आईसीसी ट्वान्टी–२० प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानबिनको लागि आयोग गठन गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १२ : ३८ बजे