धनुषा । जनता समाजवादी पार्टी (जसपा)नेपालको केन्द्रीय अध्यक्षमा पुनः उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापनाकालदेखि नै नेतृत्व गर्दै आउनुभएका यादव जनकपुरमा भएको दलको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् ।
अध्यक्ष पदका लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । अध्यक्षबाहेकका पदमा एकभन्दा बढी उम्मेदवारी परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन ।
महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछन् । त्यसमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एकजना चयन हुने दलले जनाएको छ ।