१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

सेयर बजारमा ५ महिना यताकै उच्च मूल्यको कारोबार



काठमाडौं । आज ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँको धितोपत्र कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार गत माघ ८ गतेपछिकै उच्च मूल्यको कारोबार भएको हो ।

गत माग ८ गते ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँको धितोपत्र कारोबार भएको थियो ।

यस दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक भने घटेको छ । नेप्से परिसूचक ९३२ अंकले घटेर २११२.२९ विन्दुमा बन्द भएको छ ।

तर, पछिल्ला दिनहरूमा दैनिक कारोबार रकम बढ्दै गएको छ । बुधबार पाँच अर्ब ८९ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको थियो भने मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँको कारोबार भएको थियो । सोमबार पाँच अर्ब ४९ करोड ६ लाख र आइतबार पाँच अर्ब १८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज ९४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४७ कम्पनीको सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ४ : ३६ बजे