८ पुस २०८१, सोमबार | Tue Dec 24 2024

विपद् जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गरोस् : सांसद केसी



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११औं स्थानमा रहेको भन्दै जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गरेका हुन् ।

भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढीपहिरो, चट्याङले ठूलो क्षति पुर्‍याएको र आगलागीबाट प्रत्येक वर्ष दुई अर्बभन्दा बढीको नोक्सानी र सयौं नेपालीले ज्यान गुमाउनुपरेको उनको भनाइ छ ।

उनले विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र चार लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको बताए ।

“पहिला भएका घटनाको अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन भने सरकार युद्धस्तरमा आउनुपर्ने हो त्यसरी आउन सकेको छैन । कर्णप्रिय नारा र निर्देशनमा अल्मलिएको छ । सरकारले विपद् जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गरोस्,” उनले भने ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  २ : २८ बजे