२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

असारका लागि दश वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको कति ब्याजदर ?



काठमाडौं । असार महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । शुक्रबार सार्वजनिक गरेको ब्याजदरअनुसार सञ्चालित २० वाणिज्य बैंकमध्ये ६ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर स्थिर राखेका छन् । तर, चार वाणिज्य बैंकले भने ब्याजदर बढाएका छन् । १० वाणिज्य बैंकले भने ब्याजदर घटाएका छन् ।

असारका लागि २० वाणिज्य बैंकको औसत ब्याजदर ६.८७६ प्रतिशत छ । जेठमा यी वाणिज्य बैंकको औसत ब्याजदर ६.९७३ प्रतिशत थियो ।

ब्याजदर बढाउनेमा हिमालयन, सिद्धार्थ, नबिल र माछापुच्छ्रे बैंक छन् । जेठ महिनाको तुलनामा असारका लागि हिमलयन बैंकले ०।७५ प्रतिशत विन्दुले ब्याज बढाएको छ भने सिद्धार्थ बैंकले ०.५० प्रतिशत विन्दु र नबिल र माछापुच्छ्रे बैंकले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् ।

हेर्नुहोस्, कुन बैंकको ब्याजदर कति ?

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  २ : ५६ बजे