काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रत्यक्ष प्रश्नोत्तरका क्रममा बौल्दै कैद माफी पनि कानुनअनुसार नै भएको बताए । सो सम्बन्धी प्रश्न नेपाली सांसद कांग्रेसका सांसद तजुलाल चौधरीले गरेका थिए ।
“टीकापुर घटना एउटा दुःखद हो, घटनाका विषयमा दोषी ठहर भएका हकमा कानुनबमोजिम नै कारबाही हुने कुरा अवगत नै छ,” उनले भने ।
केहीले कैद माफीको सुविधा पाएको र केहीलाई कानुन बमोजिम नै हुने बताए । उनले थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताए ।





