७ पुस २०८१, आइतबार | Mon Dec 23 2024

सन नेपाल लाइफ इन्स्योरेन्स प्रवेशको छोटो समयमै एमडीआरटी बने हरि प्रसाद निरौला



काठमाडौँ । मेहनतले मानिसलाई शिखरको उचाईसम्म पुर्याउछ भन्ने उदाहरण बन्न सफल भएका छन्, हरि प्रसाद निरौला । आज भन्दा ३५ बर्ष अगाडी ताप्लेजुङमा जन्मेका निरौला पछि मोरङको लेटाङ हुँदै २०बर्षमा उच्च शिक्षाको सिलसिलामा काठमाडौँ प्रवेश गरेका हुन् । लगातार तीन बर्षसम्म सन् नेपालको लाइफ इन्स्योरेन्स कम्पनी बालाजु शाखाबाट वरिष्ठ एजेन्सी म्यानेजर बन्न सफल भएका निरौला २०२४को एमडीआरटी छोटो समयमा बन्न सफल भएका हुन् । सन नेपाल लाइफ इस्योरेन्सको बालाजु शाखाबाट एमडीआरटी बनेपछि उनी पछाडी फर्कनु परेन ।

सन नेपाल लाइफ इन्स्योरेन्स कार्यकारी अधिकृत राजकुमार अर्यालबाट सम्मान ग्रहण गर्दै निरौला

पेशाले प्राध्यापक, कुशल ब्यवस्थापक,आर्थिक क्षेत्रमा राम्रो दख्खल राख्ने, सेयर बिश्लेषक समेत रहेको निरौला हरेक क्षेत्रमा सफल हुनुमा लगनशिलता, इमान्दारिता र निरन्तरता मुल मन्त्र रहेको बताउँछन् । निरौला जुन क्षेत्रमा पाइला टेक्छन्,त्यही सफलता प्राप्त गर्छन् । जसले गर्दा निरौला सफलताको प्रर्याय बनेका छन् । विमा साक्षरता अभियानमा सक्रिय निरौला अन्य ब्यक्तिलाई यो अभियान सहभागी बन्ने प्रेरणाको स्रोत बनेका छन् । उनले भने,” एमडीआरटीको उपाधि प्राप्त गरेसगै बिमा अभियानमा लाग्न थप प्रेरणा मिलेको छ । सर्वप्रथम ग्राहकको क्षमता र इच्छाअनुसार बीमालेख बिक्रि गर्नु, बीमा अभिकर्ताको जिम्मेवारी हुन्छ । जसमा प्रचलित बीमायोजनाहरु, शुल्क, सुबिधा, सुरक्षा आदिका बारेमा प्रष्ट पार्नु पर्ने हुन्छ ।आम नागरिकलाई बिमा क्षेत्रको आर्कर्षित गर्न, निर्भरताउन्मुख जीवनको लागि जीवन बिमाको महत्व फैलाउन थप हौसला मिलेको छ ।”

सन नेपाल लाइफ इन्स्योरेन्स बालाजुका शाखा प्रमुख दिपेश सुबेदीबाट National Hero of the Month ग्रहण गर्दै निरौला

निरौलाले एक करोडको बीमा पोलीसी बिक्रि गरी छोटो समयमा सन नेपाल लाइफ इन्स्योरेन्स बालाजु शाखाबाट एमडीआरटी लागि योग्य भएको शाखा प्रमुख दिपेश सुबेदीले बताए । शाखा प्रमुख सुबेदीका अनुसार सन नेपाल लाइफ इन्स्योरेन्सको रजिष्टर एमडीआरटी निरौला पहिलो ब्यक्ति हुन् । काम प्रतिको सम्मानको प्रतिफल स्वरुप निरौलाले प्राप्त गरेको एमडीआरटी सबै अभिकर्ताहरुको लागि प्रेरणा बनेको बाग्मती प्रदेशमा प्रमुख चुडामणी सुबेदीले बताए ।


के हो प्रतिष्ठाको पदक एमडिआरटी ?
एमडिआरटी अर्थात मिलियन डलर राउन्ड टेबल सन् १९२७ मा दर्ता भएको एक विदेशी संस्था हो। यसमा ७२ देशका ५०० कम्पनी सामेल छन्। यसको प्रधान कार्यालय अमेरिकामा छ। यो संस्थामा बीमा क्षेत्र र वित्तीय क्षेत्रका मानिसहरू सहभागी हुन पाउँछन्। संस्थामा सदस्यता लिएको इन्स्योरेन्स कम्पनी र वित्तीय संस्थामार्फत तोकेको समयमा लक्ष्यट पूरा गरेका अभिकर्ताहरूले सहभागी हुन पाउँछन्।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  २ : ४१ बजे